arrow

राष्ट्रकवि बारे अपवाह फैलाउनेमाथि प्रहरीले थाल्यो अनुसन्धान   

गृहमन्त्री नै झुक्किएपछि प्रहरीलाई पर्यो दबाब

logo
प्रकाशित २०७४ जेठ १४ आइतबार
madhab-ghimire.jpg

काठमाडौं । प्रहरीले राष्ट्रकवि माधव घिमिरेको निधन भएको भन्ने विषयमा फैलाईएको अफबाह बारे अनुसन्धान सुरु गरेको राष्ट्रकविको पारिवारिक स्रोतले जनाएको छ । स्वस्थ मान्छेको बारेमा फैलाईएको अपवाहबारे आफूले प्रहरीमा अनौपचारिक रुपमा उजुरी गरिसकेको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

त्यसो त यो हल्ला चल्ने वित्तिकै महानगरीय प्रहरी बृत्तले यो हल्ला निराधार रहेको बताएको थियो । तर, गृहमन्त्री विमलेन्द्र निधीले समेत यस विषयमा ट्वीट गरी श्रद्धाञ्जली दिएपछि भने प्रहरीलाई यस विषयमा छानविन गर्न दबाब परेको हो ।  

उता, राष्ट्रकवि घिमिरे अहिले स्वस्थ रहेको परिवारले जनाएको छ । उनी अहिले परिवारसँग खाना खाएर कुराकानी गरी आराम गरी रहेको परिवारले जनाएको छ। आइतबार साँझ सामाजिक सञ्जालहरुमा उनको निधनको गलत हल्ला फैलाएर दुनियाँ भ्रमित पार्नेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ