arrow

पाकिस्तानद्वारा भारतीय हवाई अड्डामा गरिएको आक्रमणको निन्दा

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
1422556303-0463.jpg.jpeg
इस्लामाबाद (पाकिस्तान)। पाकिस्तानको विदेश मन्त्रालयद्वारा शनिबार एक विज्ञप्ति जारी गर्दै भारतीय वायु सेनाको कार्यालयमा तीन जनाको ज्यान जाने गरी गरेको आक्रमणको निन्दा गरेको छ । एक हतियारधारी समूहले शनिबार बिहानै पाठनकोटस्थित एमआईजी–२१–बिसन तथा एमआई–३५ हेलिकोप्टरको हवाई कार्यालयमा आक्रमण गर्न खोजेपछि तीन जना सुरक्षाकर्मीको निधन भएको थियो । 
 
यो भारतीय सुरक्षाकर्मीको पाकिस्तानी सीमाबाट ५० किलोमिटर टाढा रहेको वायु सेनाको कार्यालय थियो । हतियारधारी समूहले गरेको आक्रमणको प्रतिबाद गर्ने क्रममा ती सुरक्षाकर्मीको निधन भएको थियो । झडपमा चार जना आक्रमणकारीको पनि निधन भएको थियो । 
 
इस्लामाबादस्थित पाकिस्तानी विदेश मन्त्रालयले घटनाप्रति खेद व्यक्त गर्दै भारत सरकार र भारतीय जनता तथा शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा घटनामा घाइते भएका भारतीय नागरिकको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ । विज्ञप्तिमा पाकिस्तान आतङ्कवादविरुद्ध लड्न भारत तथा यस क्षेत्रका सबै राष्ट्रसँग सहकार्य गर्दै अघि बढ्ने छ भनिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ