- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । विभिन्न मुद्धामा अदालतबाट दोषि ठहर भइ कैद भुक्तान गरिरहेका जिल्ला कारागार पाँचथरका ६ जना कैदीबन्दीलाई माफि मिनाहा दिइ कैद भुक्तान गराइएको छ ।
कैद भुक्तान गरिएका कैदीबन्दीहरुमा जिल्लाको साविक सराङडाँडा–५ का कृष्ण कुमार राई, साबिक चोकमागु–५, का रविन तुम्बापो, साविक मेमेङ–९, का प्रेम कुमार सावादेन रहका छन् ।
त्यस्तै साविक प्राङबुङ–१, का जंग बहादुर तामाङ, साविक चिलिङदेन–३, का दिल कुमारी नेम्बाङ र छिन्नमस्ता–६, सप्तरीका राधा कृष्ण चौहानलाई पनि माफि मिनाहा दिइएको जेलर सुरेन्द्र मुखियाले बताए ।
दशौं गणतन्त्र दिवसको अवसरमा कारागार नियमावली २०२० को नियम २९ बमोजिम नेपाल सरकार मन्त्री परिषदको जेठ १४ गतेको निर्णय अनुसार उनीहरुलाई माफि मिनाहा गराइएको जेलर मुखियाले बताए ।४० प्रतिशत कैद भुक्तान गरिसकेका इमानदार कैदीबन्दीलाई विभिन्न अवसरहरुमा माफी मिनाहा दिने प्रचलन छ ।