arrow

राजपाको बन्दका कार्यक्रम स्थगित, चुनावको नयाँ मितिबारे सकारात्मक

logo
प्रकाशित २०७४ जेठ १७ बुधबार
rajapa_photo.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले बिहीबार र शुक्रबारको लागि आह्वान गरेको बन्द फिर्ता लिएको छ । सरकारले जेठ ३१ गते निर्वाचन गर्ने कार्यतालिका बनाएको समयमा मनोनयनको दिन चुनाव हुने प्रदेशहरुमा आह्वान गरिएको बन्दसहितका कार्यक्रम फिर्ता लिईएको राजपा नेपालका वरिष्ठ उपाध्यक्ष सर्वेन्द्र नाथ शुक्लले जानकारी दिए । 

उनले सरकारले नयाँ निर्वाचनको मिति तय गरिसकेपछि सो दिन बन्द सहितको कार्यक्रम गर्नुको औचित्य नरहेकोले कार्यक्रम फिर्ता लिएको जानकारी दिए । उनले अब नयाँ सरकार गठन भएपछि आफ्नो मागबारे स्पष्ट कुराकानी गर्ने र आफ्ना मागहरु पूरा भएको खण्डमा राजपा निर्वाचनमा पनि सहभागी हुने स्पष्ट पारे । 

उपाध्यक्ष शुक्लले आफूहरुको माग बमोजिम सरकारले निर्वाचनको मिति तय गरेकोले सो मितिमा तय गरिएको निर्वाचनबारे राजपा सकारात्मक रहेको जानकारी दिए । तर निर्वाचनमा सहभागी हुने सवालमा भने अहिले नै जानकारी दिन सकिने अवस्था नरहेको स्पष्ट पारे । 

त्यस्तै, राजपाका नेता बृजेश कुमार गुप्तले पनि कार्यक्रम स्थगित गरेको जानकारी दिए । तर उनले निर्वाचनको मितिको विषयमा भने आफ्ना माग पूरा नगरेसम्म सकारात्मक बन्न सक्ने अवस्था नरहेको जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ