arrow

एमालेले विहीबार चितवन बन्द गर्ने, त्यसले नपुगे अनसन बस्ने !

logo
प्रकाशित २०७४ जेठ १७ बुधबार
cpnuml.jpeg

काठमाडौं । नेकपा एमालेले बिहीबार चितवन जिल्ला बन्दको आह्वान गरेको छ । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको विषयमा असन्तुष्टि जनाउँदै आएको एमालेले बिहीबार जिल्ला बन्द आह्वान गरेको जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए । 

उनले जनताको अभिमत विपरित तीनदिनदेखि निर्वाचनको मतगणना सुचारु नगरिएको भन्दै आफूहरु बाध्य भएर बन्द गर्न पुगेको पोखरेलले जानकारी दिए । उनले बिहीबार जिल्ला बन्द गर्ने र त्यति गर्दा पनि नभए अनसनका कार्यक्रम पनि सुरु गर्ने बताएका छन् । 

मतगणना गर्दैगर्दा निर्वाचनको मतगणनामा रहेका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि सुरु भएको तनावका कारण चितवनमा अहिले मत गणना स्थगित गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ