arrow

नेविसङ्घका पूर्व महामन्त्री भुर्तेलको निधन

logo
प्रकाशित २०७४ जेठ १८ बिहिबार
shiva-bhurtel.jpg

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ । 

नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको हो । 

अमेरिकाको कोलोराडो मेडिकल कलेजमा क्यान्सरको उपचार गराइरहेका भुर्तेलको बुधबार राति पौने ९ बजे निधन भएको नेविसङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । 

भुर्तेलको निधनले नेपाल विद्यार्थी सङ्घ, नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको महरले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ