arrow

तिलोत्तमा नगरपालिकामा एमालेको बागी उम्मेदवार

logo
कपिल ज्ञवाली,
प्रकाशित २०७४ जेठ १८ बिहिबार
tilotama-baghi.jpg

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेले दिएको टिकटप्रति असहमति जनांउदै एमालेकै एक अगुवाले मेयर पदमा बागी उम्मेदबारी घोषणा गरेका छन् ।  तिलोत्तमा नगरपालिका वडानं १ निवासी एमालेका सक्रिय कार्यकर्ता टंक पाण्डेले यसअघि प्रदेश कमिटीले गरेको निर्णयलाई स्थायी कमिटीले उल्टाएको भन्दै मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

रिर्पाटस् क्लव नेपाल रुपन्देहीद्धारा आयोजित साक्षात्कार कार्यक्रममा पाण्डेले आफ्नो स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका हुन् । ‘मेरो उम्मेदवारी नेकपा एमाले पार्टीका बिरुद्ध होइन, गुट उपगुटको राजनीति गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने गलत प्रबृत्तिका बिरुद्ध हो ।’ उनले भने ।

केही केन्द्रीय नेताको स्वार्थमा पहिले गरिएको निर्णयलाई उल्टाएर अहिले जुन खालले निर्णय गरिएको छ, यसले पद्दती र प्रक्रियामा विश्वास गर्ने इमान्दार कार्यकर्तालाई स्तब्ध गराएको छ पाण्डेले भने ।

पाण्डेले अख्तियार प्राप्त निकायले गरेको निर्णय कुनै नेताको स्वार्थ अनुकुल नहुने भए पछि एका एक निर्णय उल्ट्याउने प्रबृत्तिले ईमान्दार नेता कार्यकर्ताहरुमा पार्टी प्रतिको मोहभंग हुने र पार्टी नै ध्वस्त हुने बताए ।

नागरिकका बदलिएका आवश्यकता र सोंच पूर्ति गर्नलाई उम्मेदवार बनाउनुको साटो आफ्ना आसेपासेलाई प्राथमिकता दिने र उनीहरुले खडा गरेका तिनै उम्मेदवारलाई कार्यकर्ता र शुभेच्छुकले चुप लागेर मानिदिनुपर्ने विडम्बना रहेको उनको तर्क छ ।

नेताले मनपरी गर्ने र कार्यकर्ता चुप लागेर बस्नुपर्ने अवस्था अन्त्य भइसकेको बुझ्न नसक्नु नै उनीहरुको कमजोरी हो भन्दै बिज्ञप्तिमा भनिएको छ,–‘लोकतन्त्र भनेको विधि र प्रक्रियाको व्यवस्था हो । विधि र प्रक्रियाले चल्ने शासन भएकाले लोकतान्त्रिक व्यवस्थाप्रति नागरिकको विश्वास र सम्मान रहिआएको छ ।

तर हाम्रा राजनैतिक दल र नेताहरुमा लोकतान्त्रिक पद्दती बसाल्ने कामको शुरुवात हुन सकेन । पुरानै कार्यशैली र गुटबन्दीलाई निरन्तरता दिने प्रवृतिले भर्खरै बामे सर्न लागेको हाम्रो लोकतन्त्रलाई कमजोर बनाउने र अराजकतातिर लैजाने खतरा निम्त्याउदैछ ।’

नगरपालिकाको मेयरपदमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको छु भन्दै उनले यो तयारी गरिरहँदा मलाई एमालेको सदस्यता खारेज गरिदिने लगायतका अनेक खालका धम्की जिम्मेवार नेताहरुबाट आएको छ, ती नेताहरुलाई भन्न चाहन्छु— अराजकता र गुटबन्दी निम्त्याएर घरमा आगो लगाएर खरानी बनाउने तपाईहरुलाई के कारवाहीहुने ? के कार्यकर्ता तपाईहरुका गुटगत र अराजक गतिविधिको दास सरह टुलुटुलुहेरेर बसिरहलान् ?भनि प्रश्न गरे ।

तिलोत्तमामा यसअघि प्रदेशले मोहन चापागाइलाइ मेयर र उपमेयरमा जागेश्वर चौधरीलाइ उठाउने निर्णय गरेको थियो । भने देबदह नगरपालिकामा निलकण्ठ पौडेललाइ मेयर र बिद्या गुरुङलाइ उपमेयर बनाउने निर्णय गरेको थियो ।

पछि एमालेको स्थायी कमिटि बैठकले तिलोत्तमामा बासुदेब घिमिरेलाइ मेयर बनाउने निर्णय गरेको छ भने देबदहमा टीकाराम चापागाइलाइ उम्मेदबार बनाएको छ ।  यी दुइ उम्मेदबारको फेरबदल भएका हुन् ।

एमालेले बुटवल उमहानगरपालिकामा शिब सुबेदी र गोमा आचार्य मेयर-उपमेयर,सैनामैना नगरपालिकामा चित्र बहादुर केसी,बिना राना मेयर-उपमेयर ,त्यस्तै सिद्धार्थनगरमा हरि अधिकारी ,उमा काफ्ले मेयर-उपमेयर,र लुम्बिनी सांस्कृतीकमा इन्साफ मुसलमान र गोमा गुरुङलाइ मेयर-उपमेयर बनाएको छ ।

सतहमा आएको प्रशंग अलग भएपनि एमालेभित्रको गुटको आगोका कारण कार्यकर्ताहरु रुष्ट बनेका हुन् ।रुपन्देही जिल्लामा एमालेका उपमहासचिबद्वयको चुनावी क्षेत्र भएकाले आफ्ना गुटका नेता-कार्यकर्तालाइ टिकट दिलाउने दुबैको प्रयास देखिन्छ ।  दुबै नेताले आफुले सक्ने तागत टिकट बितरणमा लगाएका छन् ।

 जिल्लामा भएको उम्मेदबारहरुको बांडफांड पनि गुट मिलाएर गरिएको छ । केहिमा उपमहासचिब बिष्णु पौडेलले ओलीगुटका नेता-कार्यकर्ताहरुलाइ टीकट दिलाएका हुन् भने केहिमा अर्का उपमहासचिब घनश्याम भुसालले नेपाल गुटका नेता-कार्यकर्तालाइ टिकट दिएका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ