arrow

कपिलबस्तुमा काँग्रेसले छान्यो समावेशी उम्मेदवार, ४ नगरपालिकामा को-को ?

logo
मणि प्रसाद गैह्रे, 
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
congress-flag2.jpg

कपिलवस्तु । नेपाली काँगे्रस जिल्ला कार्य समिति कपिलवस्तुले आगामी असार १४ मा हुने स्थानीय तहको निर्वाचनको लागी ४ नगरपालिकामा मेयरको टुङ्गो लगाएको छ । जिल्लाका नेताहरुको बैठकले उक्त ४ नगरपालिकाकामा मेयरको लागि उमेदवारी छनौट गरेका हुन । 

जस अनुरुप जिल्लाको महाराजगञ्ज नगरपालिकामा पार्टीका कार्यवाहक सभापति रहेका अब्दुल कलाम खाँलाई मेयरको टिकट दिने निर्णय गरिएको छ । त्यस्तै, पार्टी सचिव रहेका प्रेमबहादुर रायमाझीलाई शिवराज नगरपालिकाको मेयरमा छनौट गरेको  छ । 

उता कृष्णनगर नगरपालिकामा महासमिति सदस्य ब्रह्मानन्द उपाध्यायलाई मेयरको उम्मेदवार बनाइएको छ । त्यस्तैगरी वाणगंगा नगरपालिकामा नगर सभापति मंगल प्रसाद थारुलाई मेयरको उम्मेदवारमा छनौट गरिएको छ । त्यस्तै, उपममेयरमा वाणगंगा नगरपालिकामा विमला गैरे, महाराजगंज नगरपालिकामा शोभावती कुर्मी र कृष्णनगर नगरपालिकामा आरतीदेवी चौधरीलाई उम्मेदवार बनाइएको छ । 

अन्य २ नगरपालिका र ४ गाउँपालिकामा भने अझै उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन । पार्टी सभापति सुरेन्द्रराज आर्चायले ४ नगरपालिकाको मेयरको टुङ्गो लगाएको अन्य ६ वटा स्थानीय तहको समेत उम्मेदवारको टुङ्गो लगाउन गृहकार्य भइरहेको जानकारी दिए । सिंचाइ राज्यमन्त्री समेत रहेका सभापति आर्चायले भने “नयाँ प्रधानमन्त्री छनौटको प्रकृया चलेकोले आज काठमाण्डौ तिर जाँदैछु, १, २ दिनमा फर्केपछि सबै उम्मेदवारको टुङ्गो लाग्छ । निर्वाचमा जित्न सक्ने र लोकप्रियता र समावेशी हिसावले टिकट वितरण प्रकृया थालिएको समेत आर्चायले बताए । 

कपिलवस्तु नगरपालिका, बुद्धभुमि नगरपालिका, विजयनगर गाउँपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका र यशोधरा गाउँपालिका उम्मेदवारका आकाँक्षी धेरै भएकोले छलफल जारी भएको र केही दिनमा निर्णय हुने निर्वाचन प्रचार समिति संयोजक प्रकाश घिमिरेले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ