arrow

राप्रपाको स्याङ्जा जिल्ला अध्यक्ष सहित २५९ जनाले छाडे पार्टी

कमल थापा माथि गम्भीर आरोप

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
RPP-N111.jpg

स्याङ्जा । स्याङ्जामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकै पटक जिल्ला अध्यक्ष गणेश वहादुर गुरुङ् सहित २ सय ५९ जना जिम्मेवार नेता तथा कार्यकर्ताहरुले राजीनामा दिएका छन् । राजीनामा दिनेमा जिल्ला उपाध्यक्ष, क्षेत्रीय अध्यक्ष, जिल्ला सदस्य, यूवक संगठनका अध्यक्ष, क्षेत्रीय सदस्य, वडा अध्यक्षदेखि जिल्ला सचिवसम्मका छन् । 

विहीवार राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यालय काठमाडौका नाममा जिल्ला कार्य समिति स्याङ्जाले पेश गरेको राजीनामा पत्रमा एक्काइसौं शताब्दीको सूचना तथा संचार र प्रविधि तथा प्रजातन्त्रको यूगमा पनि पार्टीमा सर्वसत्त्तावाद, हैकमवाद तथा सामन्तवाद हावी भएको तथा व्यक्तिगत स्वतन्त्रता हनन भएकाले राजीनामा दिनुपरेको उल्लेख गरिएको छ । केन्द्रीय अध्यक्ष कमल थापाको पछिल्लो पटकको व्यवहार मन नपरेकाले राजीनामा गर्नु परेको राजीनामा पत्रमा उल्लेख गरिएको छ । 

थापाले पार्टीका कार्यकर्ताहरुलाई बधुवाको रुपमा राखेको भन्दै यसको प्रत्यक्ष असर कार्यकर्ता टाढिनु र निर्वाचनमा पूर्ण पराजय यसको उदाहरण हो भनिएको छ । आजसम्म सहयोग पुर्याउने सवै प्रति उच्च सम्मान गर्दै जनभावना र कार्यकर्ताहरुको चाहाना विपरीत पार्टीका मूलभुत एजेन्डानै परित्याग गरी पटकपटक सरकारमा जाने र कार्यकर्ताको दुखेसो पनि सुन्न नसक्ने अनि संगठनको लागि सिन्को नभाच्ने नेतृत्व स्वीकार्न सकिँदैन विज्ञप्तिमा भनिएको छ । 

साधारण कार्यकर्ता सहित २ सय ५९ जनाले एक मुष्ठ राजीनामा पेश गरी स्वतन्त्र रहने निर्णय गरेको जिल्ला अध्यक्ष गणेश वहादुर गुरुङ्ले जानकारी दिए । निर्वाचनको समयमा पार्टी परित्याग गर्न अनुशासित कार्यकर्ताको हैसियतले उचित नभएको हुँदा निवार्चन पछिको यो समयमा राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरिएको गुरुङ्ले जनाएका छन् । 

गणतन्त्रवादीहरुको पुच्छर समाती पटकपटक सत्ताशीन हुन पुगेको केन्द्रीय नेतृत्वलाई जिल्ला तहको आरोप छ । सत्तामा मात्रै पुग्ने खेल खेलीनु र संगठन विस्तारमा ध्यान नदिनुले ईमान्दार कार्यकर्ता निराश भएको जिल्ला स्तरीय नेतृत्वको वुझाई छ । पार्टी प्रति निष्ठावान कार्यकर्ताहरुलाई नेतृत्वले पटकपटक झुक्याउने गरेको जिल्ला तहको गुनासो रहेको छ ।  
पार्टीका कार्यकर्ताको मनोवल उच्च राख्न काम गर्दा पनि केन्द्रिय नेतृत्वले उपेक्षा गरेको भन्दै राजिनामा दिन वाध्य भएको अध्यक्ष गुरुङ् वताउछन । गुरुङ्को केन्द्रिय तहको नातावादले जिल्लामा यो पार्टी ध्वस्त पारेको आरोप समेत छ । जिल्ला अध्यक्ष सहित राप्रपा छाडेर राजनीनामा दिएपछि स्याङ्जामा यो दलको गतिविधि बढ्न नसक्ने देखिएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा तेस्रो ठुलो दल माओवादी केन्द्रकै हाराहारीमा मत ल्याउन सफल भएको राप्रपाको ठुलो संख्यामा कार्यकर्ता बाहिरीपछि जिल्लामा शुन्य हुने अवस्था देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ