arrow

एमालेको विगत : काँग्रेसलाई हराउन मतपत्र च्यात्नेदेखि निल्नेसम्म !

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
CPN-UML-Flag.jpg.jpeg

काठमाडौं । अहिले भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवारको मतपत्र च्यातिएको विषयमा देशभर हंगामा मच्चिएको छ । यही विषयलाई केन्द्रीत गर्दै एमालेले संसद् पटकपटक अवरोध गर्दै आएको छ । कहिले बजेट रोक्ने धम्की दिन्छ त कहिले प्रधानमन्त्रीको निर्वाचन नै हुन नदिने चेतावनी दिइरहेको छ । 

तर, एमालेको विगत कुनैः दुधले धोएको देखिन्न। अनेक उच्छ्रृङ्खलताबाट विकास भएको उसको विगत २०५१ सालको चुनावमा रामेछापमा पनि देखिएको हो । सो समय संसदीय निर्वाचनको मतगणनाको क्रममा रामेछापको १ नम्बर क्षेत्रमा एमालेका देवशंकर पौडेल पराजित हुने अवस्था देखेपछि उनका प्रतिनिधिले मतगणनास्थलमै १९ वटा मतपत्र मुखमा हाली चपाएर निलिदिएका तिए । सानो आकारमा हुने त्यस बेलाको मतपत्र अहिलेको जस्तो ठूलो थिएन। पौडेलका प्रतिनिधीले सानो मतपत्रको फाइदा उठाउँदै मतपत्र नै निलिदिएका थिए। त्यसपछि कांग्रेसका उम्मेदवार लक्ष्मण घिमिरे जम्मा ११ मत अन्तरले एमालेका उम्मेदवार पौडेलसँगै पराजित भए।

त्यस्तै, एमालेको हर्कत २०५४ सालको स्थानीय निर्वाचनमा पनि देखियो। २०५४ सालमा नेकपा एमालेका वागलुङ जिल्ला साबिक अमलाचौर गाविस (हालको बानपा-१२) मा मतगणना हुँदै  थियो । त्यतिबेला नेपाली काँग्रेसका उम्मेदवार कोपिलामणि शर्मा एमालेका खेमप्रकाश पाठक भन्दा ३२ मतले अगाडि थिए । त्यतिबेला काँग्रेस, एमाले र राष्ट्रिय जनमोर्चाबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको उक्त  थियो । ७ नं वडाको मात्रै मत गणना गर्न बाँकी हुँदा ३२ मतले अगाडि देखिएका काँग्रेस उम्मेदवारको पक्षमा नै ७ नं वडाको मत पनि बढी देखेपछि एमालेले काँग्रेसको मतको चाङबाट मतपत्र खोसेर च्यातेको थियो । 

त्यसपछि पुनः सो गाविसमा चुनाव भएको थियो । तर पछि भएको चुनावमा काँग्रेसका शर्माले उम्मेदवारी नै दिएनन् । त्यतिबेला एमालेका उम्मेदवार खेमप्रकाश पाठकका भाइ कृष्णले कांग्रेसको चाङबाट मतपत्र झिकेर च्यातिदिएको कांग्रेसका कोपिलामणिले स्मरण गरे।  कृष्ण अहिले एमाले बागलुङका उपाध्यक्ष छन्। 

यसरी अहिले मतपत्र च्यातेको विषयमा विरोध गर्ने एमालेले यसरी विरोध गर्नको लागि नैतिक बाटो भने यस भन्दा अघि नै बन्द गरेको टिप्पणी अहिले सर्वत्र हुन थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ