arrow

यार्सा सङ्कलकको मृत्यु, एक गम्भीर 

logo
प्रकाशित २०७४ जेठ २० शनिबार
yarcha-karnali.jpg

भीमदत्तनगर । दार्चुलामा एक जना यार्सा सङ्कलकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

यार्सा सङ्कलनका क्रममा बिहीबार दार्चुलाको अपिहिमाल गाउँपालिका–१ मा हिमपहिरामा परी बैतडी, पुच्र्यौडी नगरपालिका–३ चनौलपानीका ४८ वर्षीय धौलसिंह बोहराको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हिमपहिरामा परी चनौलपानीकै २१ वर्षीय जनक धामी गम्भीर घाइते भएकामा उपचारका लागि गोकुलेश्वरतर्फ ल्याइँदैछ । 

घाइते धामीको शरीरको विभिन्न भागमा चोट लागेको छ । 

बोहराको शुक्रबार बिहान दाहसंकार गरिएको छ । यार्सा सङ्कलन गर्न बोहरा गत महिना दार्चुला गएका थिए । 

आम्दानीको राम्रो स्रोत बन्न थालेपछि दार्चुला र बझाङको उच्च हिमाली भेगमा हरेक वर्ष यार्सा सङ्कलनका लागि मानिसहरु जाने गर्छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ