arrow

प्रधानमन्त्रीमा देउवाको उम्मेदवारी दर्ता, प्रचण्ड प्रस्तावक

logo
प्रकाशित २०७४ जेठ २० शनिबार
prachanda-deuba.jpg.jpeg

काठमाडौँ । नयाँ प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । 

सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् । 

यस्तै समर्थकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा संयुक्तका नेता जयदेव जोशी रहेका छन् । 

सभामुख ओनसरी घर्तीको आदेशबमोजिम संसद् सचिवालयले शनिबार ११ बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको थियो । 

आइतबार जेठ २१ गते बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ । 

मनोनयन अघि बसेको काँग्रेस संसदीय दलको कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

बैठकमा वरिष्ठ नेता पौडेलले संविधानको कार्यान्वयन, बाँकी निर्वाचनमा पार्टीलाई अग्रता दिलाउने जिम्मेवारीसहित सभापति देउवालाई प्रस्ताव गरेको मुख्य सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए । 

काँग्रेससँगको पूर्व सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले यही जेठ १० गते राजीनामा दिएका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ