arrow

भरतपुरका निर्वाचन अधिकृतले भावुक हुँदै भने 'के हामीचाहिँ मान्छे होईनौं र ?'

एमालेले राजनीतिक स्वार्थ पूर्तिकालागि निर्वाचन अधिकृतलार्इ बनायो बलिको बोको

logo
प्रकाशित २०७४ जेठ २० शनिबार
bharatpur-mahanagarpalika-metro-uml1.png

काठमाडौं । भरतपुर महानगरपालिकाको निर्वाचनको मतगणनाको क्रममा केही मतपत्र च्यतिएको विषयलाई लिएर नेकपा एमालेले राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाईदिएको छ । यो विषय यस भन्दा अघि पनि नेपालको निर्वाचन इतिहासमा दुई पटक देखिएको विषय हो । 

तर, नेकपा एमालेले यसलाई चुनावी एजेण्डा बनाएकै कारण धेरैले दुख पाईरहेको यथार्थ भने छताछुल्ल भएको छ । एमालेको यो रवैयाका कारण सबैभन्दा चेपुवामा परेका छन् भरतपुर महानगरपालिकाका निर्वाचन अधिकृत कविप्रसाद न्यौपाले । यस मामलामा उनको केही गल्ती छैन । माओवादीका प्रतिनिधिले मतपत्र च्याते, एमालेकाले विरोध गरे । तर, निर्वाचन अधिकृतलार्इ एमालेले किन बलिको बोको बनार्इरहेको छ ? त्यो भने एमालेजनलार्इ नै थाहा होला । तर, निर्वाचन अधिकारी भनेको  निर्वाचन आयोगले निर्वाचनको सबै जिम्मेवारी तोकेर भरतपुर महानगरपालिकामा पठाएका सरकारी कर्मचारी हुन् । तर, उनी अहिले रातदिन अनावश्यक तनावमा मात्रै छैनन् कि अनावश्यक रुपमा एमाले कार्यकर्ताको आलोचनाको शिकार पनि बनेका छन् । 

शनिबार हाम्राकुरा डटकमले निर्वाचनको प्रक्रिया र मितिको विषयमा जानकारी लिनको लागि निर्वाचन अधिकृत न्यौपानेसँग सम्पर्क गर्दा उनी निकै भावुक भए । आफूले यत्रो ऐतिहासिक जिम्मेवारी पूरा गर्न रात दिन नभनी काम गरेको स्मरण गर्दै उनी सम्झन्छन् । 'हामी निर्वाचन अधिकारीहरु रात दिन नभनी काम गर्छाै अनि हामीहरु माथि किन यत्रो आरोप ?' उनी भन्छन् 'के हामी चाहिँ मान्छे होईनौं ? ३ घण्टा सुतेर काम गरिरहेका छौं । हामीले गरेको कामको चाहिँ केही मूल्य छैन ?'

उनले केही आमसञ्चार माध्यमले कुरै नबुझी एकपक्षीय ढंगले आफूविरुद्ध समाचार लेखेकोमा दुख व्यक्त पनि गरे । उनले आफूले कानून भन्दा बाहिर गएर कुनैपनि निर्णय नगरेको भन्दै कानून बाहिर गएर निर्णय नगर्ने पनि स्पष्ट पारे । फरक प्रसंगमा न्यौपानेले निर्वाचनको अरु कुनै प्रक्रिया नहुने र मतदान मात्रै फेरि गरिने बताएका छन् । निर्वाचनको मितिको विषयमा भने छलफल गरेपछि मात्रै बताउन सकिने स्पष्ट पारे । शनिबार मात्रै महानगरको १९ नं वडामा पुन: मतदान गर्ने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ