देउवालाई उपेन्द्र यादवको भारी समर्थन, मन्त्री नखाने
प्रकाशित २०७४ जेठ २१ आइतबार
246
Shares
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले प्रधानमन्त्रीमा उम्मेदवारी दिएका शेरबहादुर देउवालाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।
संघीय समाजवादीको बैठकले देउवालाई समर्थन गर्ने तर सरकारमा सहभागि नहुने निर्णय गरेको सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘हामीलाई एउटा पत्र आएको छ । त्यो पत्रमा पहिले भएका सहमति कार्यान्वयन गर्ने भन्दै प्रधानमन्त्री निर्वाचनमा सघाउन र सरकारमा सहभागि हुन भनिएको छ ।’ हामीले संविधान संशोधन नभएसम्म सरकारमा सहभागि हुने विषयमा नसोच्ने भनेका छौँ ।
संविधान संशोधन र आफुहरुका माग सम्बोधन गर्नेबारे थप छलफल गर्ने सहमति भएको समेत श्रेष्ठले बताए ।