arrow

प्रेस युनियनका केन्द्रिय सदस्य घिमिरेलाई पितृशोक

logo
प्रकाशित २०७४ जेठ २३ मंगलबार
kp-ghimire-father.jpg

काठमाडौं। नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा राप्ती अञ्चल संयोजक केपी घिमिरेलाई पितृशोक परेको छ। घिमिरेका पिता लोकराज घिमिरेको उपचारका क्रममा मंगलवार सवा १ वजेतिर निधन भएको हो। 

दाङ लमही नगरपालिका २ निवासी ९० बर्षीय घिमिरेको उपचारका क्रममा सुमेरु अस्पताल काठमाडौंमा निधन भएको हो। स्वर्गीय लोकराज घिमिरेका केपी घिमिरे सहित ४ छोरा हुनुहुन्छ। स्वर्गीय घिमिरेको मंगलवार नै पशुपति आर्यघाटमा दाहसंस्कार हुने पारिवारिक स्रोतले जनाएको छ।

नेपाल प्रेस युनियनले एक शोक वक्तव्य निकाली स्वर्गीय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त घिमिरे परिवारजनमा समवेदना प्रकट गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ