बोल्दा बोल्दै भावुक भए देउवा, १२ बुँदे समझदारी गर्दा म जेलमा थिए
प्रकाशित २०७४ जेठ २३ मंगलबार
1k
Shares
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्मानसाथ धन्यवाद दिएका छन् ।
प्रधानमन्त्रीमा आफ्नो उम्मेदवारीको सूचना संसदलाई जानकारी गराउँदै देउवाले पुष्पकमल दाहाल राजनीतिक इमान्दारिताको एक उदाहरण भएको बताए ।
देउवा पुष्पकमल दाहालको पहल सम्झिँदै १२ बुँदे समझदारीसम्म पुगे । उनले भने, ‘१२ बुँदे समझदारी लेखिएको र भएको समय म जेलमा थिए ।’ १२ बुँदे समझदारी गर्नेसमयमा भेटका लागि ल्याउँदा प्रहरीले धेरै बेर राखेन । राम्ररी भेट नै भएन ।’ अहिले प्रचण्डलाई नजिकबाट चिन्ने अवसर पाइयो ।
देउवाले गिरिजाप्रसाद कोइरालाको नाम पटक–पटक लिए । १२ बुँदे समझदारी गरेर नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने गिरिजा र प्रचण्ड नै रहेको देउवाको भनाई छ ।
देउवाले एकता भयो भने नेपाल त्यसै विकास हुने बताए । देउवाले आफु प्रधानमन्त्री भए ३–४ वटा मूख्य प्राथमिता रहेको सुनाए । उनले तीन तहको निर्वाचन, संविधान कार्यान्वयन, मधेस केन्द्रीत दललाई निर्वाचनमा ल्याउने, आर्थिक सुधार र पूर्वाधार विकास आफ्ना प्राथिमकता भएको बताए ।