arrow

देउवाको सपथ ग्रहण हुँदै, यस्ता छन् बुधबारका कार्यक्रम 

logo
प्रकाशित २०७४ जेठ २४ बुधबार
sher-bahadur-deuba-pm.JPG

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो पद तथा गोपनियताको सपथ लिंदैछन् ।

दिउँसो १ः४५ बजे राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई सपथ दिलाउने कार्यक्रम रहेको छ । 

त्यसपछि उनी लैनचौरस्थित सहिदपार्क जानेछन् । त्यसपछि नवनिर्वाचित प्रधानमन्त्री देउवा प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर कार्यभार सम्हाल्नेछन् । 

देउवालाई बुधबार बिहान ९ बजे नेपाल प्रेस युनियनले देउवानिवास बुढानीलकण्ठ पुगेर बधाइ तथा शुभकामना दिने कार्यक्रम छ । 

बुधबारै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने कार्यक्रम रहेको छ । काँग्रेसबाट महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की र गोपालमान श्रेष्ठको सम्भावना रहेको स्रोत बताउँछ । 

पहिलो चरणमा कांग्रेस र माओवादी केन्द्रबाट तीन–तीन जना र फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदारसहितको मन्त्रीमण्डल बन्ने सम्भावना छ ।

देउवाले प्रधानमन्त्रीमा निर्वाचित भएपछि कम बोल्ने र काम बढी गर्ने भनेका अवस्थामा अहिलेसम्म कसलाई मन्त्री बनाउने भन्नेबारे समेत मुख खोलेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ