arrow

देउवा निवासमा मन्त्रीहरुको लिष्ट बन्दै, निधि र आरजु सघाउँदै

logo
प्रकाशित २०७४ जेठ २४ बुधबार
meeting-nidhi.jpg

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सपथ ग्रहणसंगै सानो आकारको मन्त्रीमण्डल बनाउने भएपछि तीव्र तयारीमा जुटेका छन् ।

दिउँसो १ः४५ बजे सपथ ग्रहण लिनुअघि देउवाले आफ्नो पार्टी र सत्ता सहयात्रा गर्ने पार्टीका नेताहरुको लिष्ट बनाइरहेका छन् । 

देउवा निवास बुढानीलकण्ठमा देउवालाई हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले सघाइरहेका छन् । त्यसैगरी निधिसंगै देउवा पत्नी एवं सांसद आरजू देउवा पनि सक्रिय भएकी छिन् । 

दुवै जनालाई समय समयमा पार्टी मुख्य सचिव कृष्ण पौडेलले सघाइरहेका छन् । देउवा र निधिले सत्ता सहयात्रा गर्ने दलका नेताहरुलाई फोन गरेरै सरकारमा सहभागी हुनेको नामसमेत टिपिरहेका छन् । 

देउवाले आफूसंगै काँग्रेस र माओवादी केन्द्रबाट ३–३ जना तथा फोरम लोकतान्त्रिक र राप्रपाबाटसमेत मन्त्रीपरिषदमा सहभागी गराउने सोच बनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ