arrow

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डलमा तीन उपप्रधान सहित ७ जना मन्त्री

logo
प्रकाशित २०७४ जेठ २४ बुधबार
PM_Sapath_Sher.jpg

काठमाडौं। काँग्रेस सभापति शेर बहादुर देउवाले नेपालको ४०औं प्रधानमन्त्रीका रुपमा सपथ लिएका छन्। शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबाहदुर देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाको  नेतृत्वमा बन्ने मन्त्रीमण्डलमा नेपाली काँग्रेसबाट ३ जनाले सहभागिता जनाउने भएका छन्। 

प्रम देउवाको नेतृत्वमा तीनजना उपप्रधानमन्त्री भएका छन्। यी तीन उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार बरियतामा पहिलो नम्बरमा रहेका छन्। उनले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सम्हाल्ने छन्।

त्यस्तै दोस्रो बरियतामा कृष्णबहादुर महरा छन्। उनले उपप्रधानसहित परराष्ट्र मन्त्रालय सम्हाल्ने छन्।

काँग्रेसबाट पहिलो पटक गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री एवं शिक्षा मन्त्रालयको जिम्मेवारी दिईएको छ।  काँग्रेसबाट अर्थमन्त्री ज्ञानेन्द्र कार्की हुने भएका हुन्। 

त्यसैगरि  जनार्दन शर्मा गृहमन्त्री, फर्मुल्लाह मन्सुर श्रममन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ