arrow

देउवाले पदभार सम्हाले, लिए राष्ट्रिय सदाचार नीति

प्रधानमन्त्री कार्यालयमा अन्तर प्रदेश सचिवालय निर्माण गरिने

logo
प्रकाशित २०७४ जेठ २४ बुधबार
sher-bahadur-deuba.JPG

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेपछि लैनचौरस्थित शहीदपार्क पुगेर देउवा पदभार ग्रहण गर्न सिंहदरबार पुगे ।

भदभार ग्रहण गरेपछि देवाले सदाचार नीतिको मस्यौदा तयार पारी पेश गर्न सबै निकायलाई निर्देशन दिएका छन् । देउवाले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर नै गरेका हुन् ।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री कार्यालयमा अन्तर प्रदेश सचिवालय निर्माण गर्ने निर्णय समेत गरेका छन् । अब प्रधानमन्त्री कार्यालयमा एक महाशाखाको रुपमा सचिवालय गठन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ