arrow

भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
accident-final.jpeg

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा बुधबार राति १ बजे टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मध्यराति १ बजे भक्तपुरबाट सानोठिमीतर्फ मोडिँदै गरेको बा ४ ख ८१८० नम्बरको टिपरले काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको बा ७० प ३३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए । 

दुर्घटनामा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–२ दुवाकोटका २५ वर्षीय नीरज मल्ल ठकुरीको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार निजकै भाइ वर्ष २२ का अजय मल्ल ठकुरी गम्भीर घाइते भएका छन् । 

दुर्घटनापछि उपचारका लागि दुवै घाइतेलाई नागरिक अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बिएन्डबी अस्पताल, ललितपुर लगिएको र उपचारकै क्रममा एकको मृत्यु भएको र घाइतेको उपचार भइरहेको छ । 

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले टिपर र टिपर चालक सिन्धुपाल्चोक घर भई हाल चाबहिल बस्दै आएका गोविन्द गिरीलाई नियन्त्रणमा लिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ