काठमाडौं। नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन पार्टीका भातृ तथा शुभेच्छुक संस्थालाई लाग्न निर्देशन दिएका छन्।
पार्टी कार्यालयमा भएको एक कार्यक्रममा सभापति देउवाले पार्टीलाई जीताउन यूवा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने भएकोले जिम्मेवार ढंगले चुनावमा लाग्न निर्देशन दिए।
नेपाली काँग्रेसले जीते मात्रै यूवा विद्यार्थीहरुको भविष्य सुध्रने जनाउँदै देउवाले भने, 'आफ्नै भविष्यका लागि पनि काँग्रेसलाई जीताउन आवश्यक छ।'
आजको वर्तमान र भोलिको भविष्यका लागि सबैलाई एकमतका साथ जुट्न देउवाले आग्रह पनि गरे।
कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलले यूवा विद्यार्थीहरुको भविष्य काँग्रेसको जीतमा सुनिश्चित रहेको बताए। कार्यक्रममा नेपाली काँग्रेसका प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखक र सहसंयोजक गगन थापाले स्थानिय तहको चुनावमा यूवा विद्यार्थीहरुको भूमिकाको बारेमा बताएका थिए।