arrow

काँग्रेसमा उम्मेदवार टुंग्याउनै हम्मे, ५ र २ नम्बरमा तनाव

स्थानीय चुनावपछि मात्रै पार्टीको जिम्मेवारी हेरफेर

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
cong-news-aa.jpeg

काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मनोनय दर्ता नजिकिँदै गर्दा नेपाली काँग्रेसले अझै दुई वटा प्रदेशको उम्मेदवारी टुंगो लगाउन सकेको छैन ।

असार १४ गतेका लागि तय भएको निर्वाचनका लागि निर्वाचन आयोगले २ गते मनोनयनपत्र दर्ताको समय तोकेको छ । १ र ७ नम्बर प्रदेशको उम्मेदवार टुंगो लगाइसकेको काँग्रेसले २ र ५ नम्बर प्रदेशमा अझै टुंगो लगाउन सकेको छैन ।
काँग्रेस नेता रमेश रिजालले भने, ‘५ नम्बर प्रदेशको नवलपरासी, बाँके लगायतका केही जिल्लाको उम्मेदवारी छलफलमै छ । २ नम्बर प्रदेश सिंगै छँदैछ । दुई, तीन दिनमा टुंगो लाग्छ ।’  

विहिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले समेत दुई, तीन दिनभित्र स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि पार्टीले उम्मेदवार चयन गरिसक्ने निर्णय गरेको छ ।

उम्मेदवारी चयनका क्रममा केही ठाउँमा आन्तरिक विवाद देखिएको छ, रिजालले भने, ‘उम्मेदवारी टुंग्याउन अब समस्या हुँदैन । नवलपरासीको केही स्थानमा पहिलो चरणमा चुनाव भइसकेको छ । बाँकेका केही स्थानीय तहमा विवाद देखिएको छ ।’ काँग्रेसले उम्मेदवारी चयनका क्रममा देखिएको विवाद निरुपण गर्न स्थानीय तहकै पार्टी समितिसँग सल्लाह र समन्वय गर्ने मापदण्ड समेत बनाएको छ ।

काँग्रेसले नयाँ सरकार गठनका कारण स्थानीय तह दोस्रो चरणको निर्वाचनमा लागि उम्मेदवारी चयन गर्ने काममा ढिलाई हुन गएको समेत भनेको छ । दुई तीन दिनमा उम्मेदवार टुंगो लगाउने बताएको काँग्रेस मन्त्रीको भागबण्डामा अल्झिएका कारण भनेको जस्तो नहुने केही नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले चुनावमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । असार १४ गते १, २, ५ र ७ नम्बर प्रदेशमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुँदैछ ।

पार्टीको आन्तरीक जिम्मेवारी हेरफेर स्थानीय चुनावपछि
नेता रिजालका अनुसार पार्टीको आन्तरिक जिम्मेवारी हेरफेर स्थानीय तहको दोस्रो निर्वाचनपछि हुने बताइएको छ । काँग्रेस महाधिवेशन भएको लामो समय वितिसके पनि अहिलेसम्म पदाधिकारी मनोनयन हुन सकेका छैनन् ।

पदाधिकारी मनोनयन गर्ने गृहकार्य गर्ने बेलामा सत्ता केन्द्रीत भएपछि आन्तरिक विवाद समाधान हुन नसकेको बताइँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ