वीरगञ्ज । हुम्ला, जुम्ला, रोल्पा, डोल्पा मुगु, मकवानपुर, धादिङ्ग, जाजरकोट, गोरखा, नुवाकोट लगायत हिमाली र पहाडी जिल्लाहरुबाट केही वर्ष अगाडिदेखि जिल्ला वन कार्यालय पर्साका मातहातमा रहेको वन जङ्गलहरुको छेउछाउमा छाप्रो निर्माण गरी बस्दै आएकाहरुले बिस्तारै रात–बिरात जङ्गलबाट काठ तस्करी गर्दै धन आर्जन गर्न पल्केकाहरु आज भोलि राजनीति आवरणको आडमा सुकुम्वासीको नाममा हुकुम्बासी हुँदै हजारौं पक्की घर बन जङ्गल भित्रै निर्माण गर्न लागेको देख्दा जिल्ला बन कार्यालय पर्साका जिल्ला बन अधिकृत चन्द्रदेवलाल कर्ण छक्क परेको कुरा शनिबार स्थानीय सञ्चारकर्मीहरुलाई जनाए ।
अर्कोतर्फ, बन जङ्गल भित्र रहेको रुखहरु कटान गरी हजारौ–हजार बिगाहा बन जङ्गलको भु– भागहरुलाई राता–रात खेती योग्य जग्गामा परिणत गरेको कुरा पर्साबासीहरुले बताए । त्यति मात्र हैन वन जङ्गलको सिमाना भित्र बस्ने वन अतिक्रमणकारीहरुकालागी राज्यकै मातहतमा रहेको नेपाल बिद्युत प्राधिकरण केन्द्र वीरगंजले जिल्ला बन कार्यालय पर्साको इजाजत बिना नै अतिक्रमणकारीहरुको घर – घरमा बिद्युतको पोल पु¥याएर विद्युतको मिटर समेत बिस्तार गरी दिएको छ ।
यसैगरी जिल्ला शिक्षा कार्यालय पर्साले वन अतिक्रमणकारीहरुको छोरा छोरीहरुलाई पढ्नका लागि जिल्ला बन कार्यालय पर्सास‘ग ईजाजत नै नलिईकन उल्टै वनको जग्गा अतिक्रमण गरी विद्यालय स्थापना गरेको छ । खानेपानी तथा सरसफाई डिभिजन वीरगंजले पनि वन अतिक्रमणकारीहरुका लागि जिल्ला बन कार्यालय पर्सास‘ग ईजाजत नै नलिइ जङ्गलको सिमाना भित्र खानेपानीको बिस्तार समेत गरेको कुरा इलाका बन कार्यालय सोलखपुरका वन कर्मचारीले बताए ।
साथै बन अतिक्रमणकारीहरुले बन जङ्गल भित्र खेती गर्नका लागि सरकारी अनुदानमा सयौं टयुवेल बन जङ्गल फडानी गरीएको स्थानमा जडान गरेर खेती गरी रहेका छन । त्यसैगरी, जिल्ला बन कार्यालय पर्साको मातहतमा रहेको भेडाहा खोलालाई पनि जिल्ला विकास समिति पर्साले एकलौटी रुपले जिल्ला बन कार्यालय पर्सा कुनै किसिमकोस‘ग राय सल्लाह सुझाव नै नलिइकनै खोलाको टेण्डर गरेको वन अधिकृत कर्णले स्थानीय सञ्चारकर्मीहरु समक्ष दुखेसो प्रकट गरे ।
यसरी खुल्लेआम रुपमा नेपाल सरकारको मातहतमा रहेको एक सरकारी निकायले अर्को सरकारी निकायको मातहत भित्र प्रवेश गरी निकायलाई नै तहसनहस पार्ने काम कहॉको जायज हो ? भनी बारम्बार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी समक्ष प्रश्न राख्दा प्रमुख जिल्ला अधिकारी मौन बस्नु केही प्रश्नको उतर नआएको कुरा जिल्ला बन अधिकृत कर्णले सञ्चारकर्मी समक्ष गुनासो व्यक्त गरे ।