arrow

यूएईका लागि इरानी राजदूतसँग स्पष्टीकरण माग

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
sheikh-abdullah-iran-zarif-1024x664.jpg.jpeg
दुबई (यूएई) । संयुक्त अरब इमिरेट्सले खाडी मुलुकका लागि यूएईमा कार्यरत इरानका राजदूतलाई विदेश मन्त्रालयमार्फत् बोलाई साउदी अरबको आन्तरिक मामलामा भएको इरानी हस्तक्षेप बारेमा तेहरानसँग स्पष्टीकरण मागेको छ । राजदूत मोहम्मद रेजा फायदलाई आइतबार लिखितरुपमा इरानद्वारा साउदी अरबमाथि गरेको विभिन्न खाले हस्तक्षेप र हालैको साउदी अरबको तेहरानस्थित कूटनीतिक नियोगमाथि गरिएको आक्रमणका बारेमा स्पष्टीकरण माग गरेको यूएईको राष्ट्रिय समाचार संस्था डब्लूएएम (वाम) ले बताएको छ । 
 
यूएईले इरानद्वारा कूटनीतिक नियोगमाथि गरेको आक्रमणले अन्तर्राष्ट्रिय कानुन तथा मापदण्डको उल्लङ्घन भएको आरोप लगाएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ