arrow

रतुवाको ६ थान छाला सहित एक व्यक्ति पक्राउ

logo
सुरज रायमाझी,
प्रकाशित २०७४ जेठ २८ आइतबार
ratuwal-chor.png

अर्घाखाँची । अर्घाखाँचीका एक व्यक्ति जंगली जनावर रतुवाको छाला सहित पक्राउ परेका छन् । जिल्लाको मालारानी गाउँपालीका वडा नं. ६ हंसमुर निवासी फर्स बहादुर राना छाला सहित पक्राउ परेका हुन् ।  

 रानाले विभिन्न संरक्षित जंगलि जनावरको सिकार  गरि छाला बेचविखन कारोबार गर्ने गरेको भन्ने सुराकीको आधारमा गएको प्रहरिको टोलिले उनकै घरवाट रतुवाको ६ थान छाला सहित पक्राउ गरेको प्रहरीले जानएको छ ।

रानालाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयलाई जिम्मा लगाई सकिएको जिल्ला प्रहरि कार्यालयका प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ