कमल थापाका भाइ गणेश थापा बने राप्रपा मकवानपुरको अध्यक्ष
सुनिल शिवाकाेटी,
प्रकाशित २०७४ जेठ २८ आइतबार
525
Shares
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाका भाइ गणेश थापा राप्रपा मकवानपुरका अध्यक्ष बनेका छन् । स्थानीय तहको निर्वाचनमा पार्टीेले बेहोरेको पराजयको नैतिक जिम्मेवारी लिँदै राप्रपा मकवानपुरका अध्यक्ष रामहरी न्यौपानेले दिएको राजीनामा स्वीकृत गर्दै राप्रपा मकवानपुरले पार्टी अध्यक्षका भाइ समेत रहेका गणेश थापालाई पार्टी अध्यक्षको जिम्मेवारी दिएको राप्रपा मकवानपुरले जनाएको छ ।
एकताको महाधिबेशन सम्पन्न भएको चार महिनापछि अध्यक्ष न्यौपानेले शनिबार राजीनामा दिएको थिए । पार्टीको आकस्मिक बैठकबाट केन्द्रीय अध्यक्ष थापाका भाइलाई मकवानपुर अध्यक्षको जिम्मेवारी दिईएको राप्रपा नगरकमिटिका अध्यक्ष गुरु प्रसाद सापकोटाले बताए । नव निर्वाचित अध्यक्ष थापा पछिल्लो पटक मकवानपुरलाई कार्यक्षेत्र बनाएर पार्टीको गतिविधि सक्रिय रहँदै आएका थिए । अध्यक्ष थापाले पार्टीलाई बलियो बनाउन सबैसँग सहकार्य गरेर आफू अघि बढ्ने बताए ।