arrow

२ नं प्रदेशमा एमालेबाट उम्मेदवार दिन होडबाजी

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
CPN-UML-Flag.jpeg

सिहारा । २ नं प्रदेशमा एमालेको लागि असहज अवस्था रहेको बताईरहेको बेला २ नं प्रदेशको मूल केन्द्रको रुपमा रहेको सिराहाको लहान लगायतका केही नगरपालिकामा भने एमालेबाट समेत उम्मेदवारी दिनेको होड चलेको हो । असार १४ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनको दोस्रो चरणमा हुने निर्वाचनको लागि एमालेबाट उम्मेदवारी दिन चाहनेहरुबीच होडबाजी चल्दा एमालेलाई त्यहाँ उम्मेदवार तय गर्नै हम्मेहम्मे पर्ने स्थिती देखिएको छ । 

उम्मेदवारका आकांक्षी बढी देखिएकाले उम्मेदवारी मनोनयन दर्ता गराउने समय चार दिनमात्र बाँकी रहँदा अन्यदलहरु जस्तै एमालेले पनि उम्म्दवारी तय गरिसकेको छैन । एमालेसँगै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टीलगायतका दलहरूले उम्मेदवार तयका लागि अन्तिम तयारी गरिरहेको जनाएका छन् । 

एमालेले जिल्लाको धनगढीमाई नगरपालिका र सखुवानन्कारकट्टी गाउँपालिका लगायतका स्थानीय उम्मेदवारी तय गर्न नसकेकाे हो । तर एमालेले सबै नगरपालिका र गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार तय गरी प्रचारप्रसारलाई तीव्र बनाएको छ । 

उता, अन्य पार्टीहरुले समेत उम्मेदवार तय गर्न सकिरहेका छैनन् । नेपाली काँग्रेसका जिल्ला सभापति तथा सांसद रामचन्द्र यादवले जिल्लाका अधिकांश स्थानीय तहमा उम्मेदवार टुङ्गो लागिसकेको र अबको केही दिनभित्रै सबै उम्मेदवारको नाम सार्वजनिक गरिने बताए। 

माओवादी केन्द्रले पनि जिल्लाका अधिकांश गाउँपालिका तथा नगरपालिकाको उम्मेवार टुङ्गो लागिसकेको जनाएको छ । माओवादी नेता तथा पोलिटब्युरो सदस्य हरिनारायण चौधरीले पार्टीले धेरैजसो गाउँपालिका तथा नगरपालिकाको टुङ्गो लगाएको र टुङ्गो लगाउन बाँकी रहेको स्थानीय तहको उम्मेदवार पनि असार १ अघि नै टुङ्गो लगाउने जानकारी दिए। 

यस्तै सङ्घीय समाजवादी फोरमका जिल्ला अध्यक्ष बादवप्रसाद यादवले अहिले उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले पार्टीभित्र उम्मेदवार छनोटबारे गृहकार्य भइरहेकाले चाँडै उम्मेवादर टुङ्गो लाग्ने बताए । यता एमाले सिरहाका अध्यक्ष प्रमोद यादवका अनुसार एमालेले लहान नगरपालिकाकाको प्रमुखमा मुनी साह, गोलबजार नगारपालिकाको प्रमुखमा श्याम श्रेष्ठ, मिर्चैया नगरपालिकाको प्रमुखमा प्रदीप महासेठ र सुखीपुर नगरपालिकाको प्रमुखमा रामअवतार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

त्यसैगरी कल्याणपुर नगरपालिकाको प्रमुखमा रामपुकार साह, सिरहा नगरपालिकाको प्रमुखमा डा नवीन यादवलाई उम्मेदवार बनाउने निर्णय भएको छ भने धनगढीमाई नगरपालिका र बडियारपट्टी गाउँपालिकाको उम्मेदवार प्रदेश समितिले टोली बनाई पछि निर्णय गर्ने एमाले सिरहा अध्यक्ष यादवले बताए । सिरहाको सात नगरपालिका र १० गाउँपालिकामा ४२६ वटा मतदान केन्द्र तय गरिएको छ भने भने तीन लाख ३१ हजार ५९६ मतदाता रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ