arrow

भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण गर्न आग्रह

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
Taxi-park.jpg

काठमाडौँ  । दैवी प्रकोपपीडित तथा उद्धार सघाउ संस्था नेपालले भूकम्प पीडितलाई चिट्ठा प्रणालीबाट वितरण गरिने ट्याक्सीको नम्बरका लागि तत्काल प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेको छ । 

विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण धेरै नेपालीको रोजगारी तथा गाँसबासमा असर परेको अवस्थामा सरकारले तोकेबमोजिम पीडितलाई ट्याक्सी नम्बर उपलब्ध गराउन माग गरेको हो । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संस्थाका संरक्षक दीपककुमार राउत क्षेत्रीले भूकम्पले अत्यधिक क्षति पुर्याएको १४ जिल्लाका पीडित ट्याक्सी चालकलाई ट्याक्सी दर्ता प्रक्रियाको आधारमा जिल्ला विभाजन गरी चिट्ठा खोल्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए । उनले पीडितले फारम भर्नका लागि समेत अनेक कष्ट व्यहोर्नु परेको र आर्थिक व्ययभार बढेको जानकारी दिए । 

सो कार्यका लागि झन्डै एक लाख ५० हजारको आवेदन परेको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ