arrow

बकैया खोला कब्जा गर्ने खड्कालाई एमालेद्धारा मेयरको टिकट

अख्तियारले हालै पत्रसमेत काटेको छ 

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
cpnuml.jpeg

बारा । नेकपा एमालेले विवादास्पद काठ ठेकेदार नारायण खड्कालाई बाराको निजगढ नगरपालिकाको मेयरको उम्मेदवार बनाउने तयारी गरेको छ । 

७ वर्षअघि निजगढ मोहोरीस्थित बकैया खोलबाट विद्युत निकाल्न भन्दै बकैया खोला झोलामा राखेर निजगवासीलाई अध्यारोमा राख्दै आएका ब्यापारी यमबहादुर खड्का नारायणलाई एमालेले मेयर बनाउन लागेको हो ।

निजगढ नगर कमिटीबाट सिफारिसमा परेका अम्बिका चौलागाई, सुरथ पुरीलाई पछि पार्दै खड्काले टिकट पाउन लागेका हुन् ।

बाघ भैरब सामुदायिक वन समुहको लगानीमा समुहको सदस्यसमेत नरहेका खड्काले सासंद पुरुषोत्तम पौडेलको पावरमा बकैया हाईड्रोपवर कम्पनी हत्याउन सफल भएका हुन् । 

७ वर्षसम्म झोलामा राखेर ब्यापारिसंग बार्गेनिङ्ग गर्दै आएका उनीहरु विरुद्ध अख्तियारले हालै पत्रसमेत काटेको छ ।

 सामुदायिक वनको पैसामा ब्यक्तिको नाममा खोला दर्ता गरेको भन्दै अख्तियारले पत्र काटेको जिल्ला वन कार्यालय स्रोतले जनाएको छ ।

जनयुद्धकालमा माओवादीको नाममा जंगल मासेर अरबौं कमाउन सफल भएका खड्का पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलका विश्वास पात्र हुन् । 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं ६ बाट निर्वाचनका उम्मेदवार पौडेल जिताउन खड्काले पैसाको खोलो बगाएका थिए ।

खड्काले आफ्नै गाँउका सुकुम्बासीसंग भोट लिन चुनाब जितेपछि लाल पूर्जा बनाई दिने आश्वाशन बाँडेका थिए । 

लालपूर्जा पाउने आशामा पौडेललाई भोट हालेका सुकुम्बासीसंग प्रति धुर एक सयका दरले तीन लाख रकम समेत उठाएका थिए ।

 सुकुम्बासीसंग भोट र नोट दिलाएका खड्काले मन्त्री हुँदा समेत पुर्जा नपाएपछि स्थानीयले सरोकार समिति बनाएर नगरपालिकामा सासंद पौडेल विरुद्ध उजुरी दर्ता गराएका छन् ।

निजगढ खानेपानी संस्थाको अध्यक्षमा निर्वाचित हुन खड्काले पैसा बाँडेको यस अघि चर्चा चलेको थियो । 

उनले संस्थाको नेतृत्व सम्हाल्ना साथ उपभोक्ताको ढाँड सेक्ने गरि महसुल बृद्धि गरेका थिए । 

पैसाको बलमा सासंद पौडेलको आर्शिवादकै कारण खड्काले मेयरको टिकट ल्याउने भएपछि एमालेमा ब्यापक असन्तुष्टि देखिएको छ । 

युद्धकालमा ज्यान बाजि राखेर पार्टी जोगाउनेलाई पाखा लगाएर माओवादी नाममा मिलेर कमाउ धन्दा चलाउनेलाई टिकट दिन लागेको भन्दै एमालेमा असन्तुष्टि देखिएको हो ।

माओवादीको नाममा काठ ब्यापारिसंग बढी रकम अशुल्न थालेपछि माओवादीको कारवार्ही थालेपछि एकएक बेपत्ता भएका थिए । 

माओवादी शान्ति प्रकृयामा आए पछि पुनः कालोधन भाईको कुमार खड्का मार्फत अवैध रुपमा लालबकैया क्रसर उद्योग संचालन गर्दै आएका छन् । 

उनले निजगढलाई असर पार्ने गरि खोलेका ईट्टा भट्टा स्थानीयबासीको आन्दोलनको कारण विस्थापित भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ