arrow

रुकुममा छ महिनामा १७ वटा मानव अधिकार उलंघनका घटना

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ जेठ ३० मंगलबार
Rukum_District.png

रुकुम। जिल्लामा छ महिनाको अवधिमा १७ वटा मानव अधिकार उलंघनका घटना भएका छन्। मानव अधिकार उलंनका घटना भएको तथ्याङ्क अनौपचारिकसेवा केन्द्र (इन्सेक) को नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८ को पूर्व समीक्षा कार्यक्रममा गत माघ महिना देखी अहिलेसम्म जिल्लामा १७ वटा घटना घटेको जानाकरी गराएको थियो। 

छ महिनाको अवधिमा महिलालाई नागरीक तथा राजनीतिक अधिकारका ६ वटा घटना घटेको र यस घटनामा २८ जना मानिस घाइते भएको उहाँले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। तथ्याङ्कमा उल्ले भए अनुसार बलात्कार र बलात्कार प्रयासका ७ वटा घटना, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव तथा दुव्र्यवहारका २ वटा र यौन दुव्र्यवहारको एउटा घटना घटेको इन्सेक जिल्ला प्रतिनिधि आर्दश केसीले जानकारी दिए। 

यसका साथै नेकपा माओवादीका कार्यकर्ताहरुलाई प्रहरी पक्राउ गरेको घटनालाई गैरकानुनी गिरफ्तारीको रुपमा एउटा घटना उल्लेख गरिएको छ। यो घटनामा प्रहरीले १९ जना नेकपाका कार्यकर्ताहरुलाई एक महिनासम्म हिरासतमा राखेको थियो।

तथ्याङ्क सार्वजनिक कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि केसीले जिल्लामा बर्षेनी बलात्कार र बहुविवाहका घटनाहरु बढीरहेको बताए। यस भन्दा पहिलेको अर्धवार्षिक समिक्षा कार्यक्रम भन्दा अहिले बलात्कार र बहुविवाहका घटनाहरु दोव्वरले बृद्धि भएको उनले बताए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ