त्रिवि सेवा आयोगका तत्कालीन अध्यक्ष सहित २ जनालाई कारबाही गर्न अख्तियारको निर्देशन
भविष्यमा समेत उनीहरुलाई जिम्मेवारी दिँदा अख्तियारलाई जानकारी दिनुपर्ने
प्रकाशित २०७४ जेठ ३१ बुधबार
696
Shares
काठमाडौं । उपकूलपति छनोट प्रक्रियामा गैरकानूनी काम गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालीन अध्यक्ष सहित सदस्यलाई कारबाही गर्न उपकूलपतिको कार्यालयलाई निर्देशन दिएको छ । बैशाख २२ गते अख्तियारले पठाएको पत्रमा तत्कालीन अध्यक्ष प्रा. डा. ईश्वरचन्द्र दत्त र सदस्य प्रा. डा. केदारनाथ घिमिरेले पदीय मर्यादा विपरित काम गरेको भन्दै उनीहरुलाई भविष्यमा समेत कुनै जिम्मेवारी दिँदा गम्भीरतापूर्वक मूल्यांकन गरी जिम्मेवारी दिन पनि आयोगले निर्देशन दिएको छ ।
यी दुई सदस्यहरुले त्रिवि शिक्षा सेवा आयोगमा रहेर गणित (विज्ञान) र गणित मानविकी विषयमा प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका निर्माणसम्म कुनैपनि लिखित निर्देशन नदिई मौखिक निर्देशनको भरमा काम गराई परीक्षाको मर्यादा कायम गराउन नसकेको आरोप अख्तियारको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैशाख १४ गतेको निर्णय अनुसार सो निर्देशन दिईएको हो । आयोगले उनीहरुलाई कुनै जिम्मेवारी दिँदा अनिवार्य रुपमा आयोगलाई जानकारी गराउन पनि निर्देशन दिईएको छ ।