arrow

कारागारको बसाई जोखिमपुर्ण बन्दै

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
karagar.png

बर्दिवास, ३१ जेठ । जीर्ण अवस्थामा रहेका महोत्तरी कारागारका कैदीबन्दीले आफूहरुको कारागार बसाई जोखिमयुक्त रहेको गुनासो गरेका छन् । 

आफूहरुलाई राखिएको भवन अति जीर्ण भएकाले जुनसुकै बेला ढल्न सक्ने हुँदा बसाइ जोखिमयुक्त बनेको कैदीबन्दीले गुनासो व्यक्त गरेका छन् । विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका कारागार भवन त्यसयता मर्मतसम्भार नहुँदा दिनदिनै भित्ता र छत उप्किएर झर्ने क्रम बढेको कैदीबन्दीले बताएका छन् । 

दैनिकजसो भवनको भित्ता तथा छतका इँटा र सिमेन्टका टुक्रा उप्किएर झर्दा यही पुरिन्छ कि भन्ने डर लाग्ने गरेको महिला कक्षकी कैदी ललिता सिंहले बताइन् । 


यसैगरी कारागारका चौकीदारसमेत रहेका पुरुष कक्षका कैदी श्रीनारायण महतोले जीर्ण भवनको बसाई प्रत्येक पल डरलाग्दो भएको बताए । पुरुष र महिलाका लागि छुट्टाछुट्टै कक्ष रहेको कारागारमा जम्मा १३५ कैदीबन्दी राख्ने क्षमता छ । तर पछिल्लो डेढ दशकयता कारागारमा सधैँजसो ४०० को हाराहारीमा कैदीबन्दी रहँदै आएको कारागार प्रशासनले जनाएको छ । अहिले महिलाकक्षमा पाँच आश्रित बालबालिकासहित ३९ र पुरुषकक्षमा ३७२ गरी ४०१ कैदीबन्दी रहेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले जानकारी दिए । 

जम्मा कैदीबन्दीमध्ये ६० प्रतिशतभन्दा बढी धनुषा जिल्लाका रहेका छन् । धनुषामा कारागार नभएकाले त्यहाँका न्यायिक निकायले यहाँ पठाउने भएका कारण यो कारागारमा कैदीबन्दीको चाप बढेको कारागार प्रमुख ठाकुरले बताए। 

पुरानो जीर्ण भवनमा कैदी थुनुवा राख्नु जोखिमयुक्त रहेको स्वीकार गर्दै कारागार प्रमुख ठाकुरले अब पुरानो भवन टालटुल गरेर समस्या समाधान नहुने भएकाले नयाँ कारागार भवन बनाउन आवश्यक भएको बताएका छन् । यो कुरा आफूले जिल्लास्थित स्थानीय प्रशासन, कारागार व्यवस्था विभाग र सम्बद्ध अन्य निकायमा जानकारी गराएको कारागार प्रमुख ठाकुरले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ