काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिपसिंह पुरीले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री महराले नेपाल–भारतबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास जनाए ।
भेटमा भरतीय राजदूत पुरीले परराष्ट्रमन्त्री महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत भ्रमणको निम्तो दिएको बताउँदै यो विषयप्रति विचार गरिदिन अनुरोध गरे ।
जवाफमा परराष्ट्रमन्त्री महराले दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनपछि हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सिलसिलामा आफू भारत आउने प्रयास गर्ने गरे ।