arrow

गठबन्धनसहित शीर्ष तीन दलका नेता सभामुखको च्याम्बरमा

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
tin_dal-rajapa.jpg

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनबारे छलफल गर्न र तराई–मधेसमा आन्दोलनरत राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनलाई चुनावमा सहभागि गराउने वातावरण बताउन गठबन्धनका नेतासहित प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

बैठक सिंहदरबारस्थित सभामुखको च्याम्बरमा जारी छ । स्थानीय तहको दोस्रो चरणको चुनावमा गठबन्धनका सहभागिताका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको सभामुख ओनसरी घर्तीको सचिवालयले जनाएको छ । मंगलबार शीर्ष चार दलका नेताहरुबीच वुधबार गठबन्धनका नेताहरुलाई बोलाएर राय लिने सहमति भएको थियो ।

मंगलबारको बैठकमा सत्ताधारी दलहरुले प्रदेश नम्बर २ र ५ मा चुनाव सार्ने प्रस्ताव औपचारिक रुपमा नराखेपनि घुमाउरो रुपमा राखेको चर्चा भएको थियो । असार १४ गतेका लागि तय भएको चुनावको मनोनयनको मिति मुखमै आइसक्दा दलहरुबीच सहमति जुट्न सकेको छैन ।

निर्वाचन आयोगले दोस्रो चरणको चुनावका लागि शुक्रबार उम्मेदवारी मनोनयन तोकेको छ । गठबन्धनका नेता सहभागि बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, रामचन्द्र पौडेल, सुवास नेम्बाङगायतका नेताहरु छन् । यस्तै, संघीय गठबन्धन तथा राजपाका तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारीलगायतका नेताहरु सहभागि भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ