arrow

गठबन्धनसहित तीन दलको बैठक उपलब्धिहिन, पाकेन खिचडी

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
tin_dal-rajapa1.jpg

काठमाडौं । आन्दोलनरत संघीय गठन्धनका नेता र प्रमुख तीन दलका शीर्ष नेताहरुबीचको बैठक निष्कर्षविहिन भएको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अब के गर्ने भन्दै सल्लाह मागेका बताइएको छ । गठबन्धन तथा राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधान संशोधनलगायत आफुहरुले उठाएका माग पुरा नभएसम्म चुनावमा सहभागि नहुने जवाफ दिए ।

बैठकबाट बाहिरिँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले असार १४ को चुनाव सार्नेगरी कुनै कुरा नभएको बताए । उनले भने, ‘निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका प्रभावित हुँदैन । शुक्रबार मनोनयन दर्ता हुन्छ । शुक्रबारसम्म गठबन्धनका नेताहरुसँग केही न केही सहभति भइसक्छ । उहाँहरुपनि आफ्नो भित्र आफ्नो किसिमले तयारी गरिरहनु भएको छ ।’ विहिबार फेरि छलफल गर्ने कुरा भएको नेता श्रेष्ठले बताए । उनले चुनाव सार्ने विषयमा कुनै पनि छलफल नभएको बताएका छन् ।

एमाले नेताहरुले असार १४ मै चुनाव हुनु पर्ने अडान कायम राखे । यस्तै, राहत दिने, मुद्दा फिर्ता गर्ने कुरा सकारात्मक भएपनि चुनाव अघि संविधान संशोधन र स्थानीय तहको संख्या बढाउन नसकिने एमालेको अडान कायम छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले बैठकमा आफुहले चुनाव सार्ने कुरा स्वीकार्य नहुने भनेर प्रष्ट कुरा राखेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ