arrow

गृहमन्त्री शर्माले खुलमखुल्ला भने–‘मलाई नेताकहाँ दाैड्नेको फोन आयो, मैले त्यो काम गर्दिन भने’

प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप नगर्ने कसम खाए

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
janardan_sharma.JPG

काठमाडौँ । गृहमन्त्री जर्नादन शर्माले प्रहरी प्रशासनमा आफूले राजनीतिक हस्तक्षेप नगर्ने प्रतिवद्धता गरेका छन् । सुरक्षा विषयमा समाचार लेख्ने सञ्चारकर्मीसँगको छलफलमा गृहमन्त्री शर्माले गृहमन्त्रीले राजनीतिक नेतृत्व नगरे सरकारको उद्देश्य पूरा नहुने तर्क गरे । मन्त्री शर्माले भने, ‘म राजनीतिक हस्तक्षेप गर्ने छैन । राजनीतिक नेतृत्व गर्ने छु । राजनीतिक हस्तक्षेप र नेतृत्व फरक कुरा हो । राजनीतिक नेतृत्व नगरे त काम कसरी बन्छ । संवैधानिक कार्यभार कसरी पूरा हुन्छ ? ।’

सञ्चारकर्मीले दिएका सुझावमध्ये कम्तिमा ७५ प्रतिशत काम आफूले पूरा गर्ने प्रतिबद्धता जनाउँदै गृहमन्त्री शर्माले बाँकी २५ प्रतिशत आफूले मात्रै चाहेर नहुनेभएकाले अरुको सहयोग लिएर पूरा गर्ने बताए । आफूले मन्त्रालयअन्तर्गतका सबै निकायलाई उनीहरुको समस्या, समाधानका उपाय र बलियो बनाउने कार्ययोजना बनाएर ल्याउन निर्देशन दिइसकेको र सोहीअनुरुप काम अगाडि बढाउने मन्त्री शर्माको भनाई छ ।  सुरक्षा सङ्गठनको मनोबल बढाउन आफूले सक्दो पहल गर्ने बताउँदै मन्त्री शर्माले भने,  “सिपाहीहरुको मनोबल वृद्धि नगरेसम्म शान्ति सुरक्षा जस्तो कार्य सम्पन्न गर्न सकिन्न । सिपाहीलाई अनुशासित बनाउँदै राज्यको तर्फबाट सक्दो सहयोग गर्ने र प्रोत्साहन गर्ने योजना बनाउने नै छु ।”

आफूले सही नियतले काम गर्ने तथा देश र जनतालाई योगदान दिने उद्देश्यले मन्त्रालय सम्हालेको शर्माको भनाई छ । मन्त्री शर्माले भने, ‘प्रहरी सङ्गठनको नेतृत्वका लागि तँछाडमछाड गर्दै नेताहरु कहाँ दौडने कुराको अन्त्य गर्ने छु ।’ यस्तै मन्त्री शर्माले भनसुन गर्नेलाई कारबाही गर्ने बताए । उनले भने, ‘यो एक, दुई दिन मैले हेरेँ । कोही नदगुर्नाेस् भन्दाभन्दै पनि मलाई फोन गर्ने लाई मैले त्यो काम गर्दिनँ भनेर जवाफ दिएँ ।”

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई तालिममा बढावा दिन तथा विभागको उद्देश्यअनुसार विभागलाई प्रभावकारी बनाउन आफूले निर्देशन दिइसकेको शर्माले जानकारी दिए । पत्रपत्रिकामा आएको समाचारका आधारमा प्रतिवेदन बनाउने विभागको कामलाई सुधार्न आवश्यक देखेको उनको भनाइ छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कार्यक्षेत्र स्पष्ट गरिने तथा सरुवा, बढुवाका लागि पद्धति बसालिने शर्माले बताए । मन्त्री शर्माका अनुसार निर्वाचन सम्पन्न भएपछि प्रहरीको सङ्घीय संरचना अगाडि बढाइने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ