-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सुर्खेत । वीरेन्द्रनगर–३ तातोपानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
पतेनी नजिक रहेको माछापालन केन्द्रको पोखरीमा माछा मार्न जाने क्रममा करेन्ट लागेर बुधबार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कालिका–५, कालीकोट का २७ वर्षीय भीमबहादुर शाही र रामेछाप दोरम्बाका २६ वर्षीय पासाङ लामा रहेका छन् ।
पोखरीमा जाने फलामको भर्याङ्गमा हिँडिरहेका बेला उक्त माछापालनमा कार्यरत भीमबहादुर शाहीलाई करेन्ट लागेको थियो ।
भर्याङ्गमै करेन्ट लागेर भुईमा खसेपछि उनकै साथी पासाङ लामा उद्धारका लागि जाँदा उनलाई पनि करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका शाही र लामाको उपचारका क्रममा मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा मृत्यु भएको हो ।
कालिकोट र रामेछापबाट मृतकका आफन्तहरु आउँदै गरेका कारण मृतकहरुको शव परीक्षण हुन नसकेको प्रहरीले जनाएको छ । रासस