arrow

ट्रकको ठक्करबाट महिलाको ज्यान गयो 

logo
प्रकाशित २०७४ असार १ बिहिबार
accident-final.jpeg

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बेल्डियामा ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।

नवलपरासीको गैँडाकोट बेल्डियामा बुधबार साँझ ट्रकको ठक्करबाट पैदलयात्री गैँडाकोट–१३ सिख्रौलीकी ४५ वर्षीया तुलसी पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमका लागि छुटेका ना ५ ख २२११ नंको मालवाहक ट्रकले ठक्कर दिँदा पोखरेलको घटनास्थलमा नै मृत्यु भएको थियो । 

ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक सुवास हमालले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ