arrow

कांग्रेसले स्थापना गर्‍यो नेपालगन्जमा क्षेत्रीय मिडिया डेस्क

logo
प्रकाशित २०७४ असार १ बिहिबार
media-center-nepaljung.png

नेपालगन्ज । नेपाली कांग्रेसले नेपालगन्जमा क्षेत्रीय मिडिया डेस्कको स्थापना गरेको छ । नेपाली कांग्रेसका स्थानीय तह निर्वाचन प्रचार उपसमिति संयोजक रमेश लेखकले बिहिबार एक भव्य समारोहबीच मिडिया डेस्कको उद्घाटन गरेका छन् ।

 नेपालगञ्ज उपमहानगरपालिका पुर्व लाइन स्थापीत डेस्कमार्फत स्थानीय तह निर्वाचन प्रचार प्रसारका कार्यहरु गरिनेछन् । कांग्रेसका गतिविधि, कांग्रेसका उम्मेदवारको प्रचार प्रसारलाई प्रभावकारी बनाउन कांग्रेसले बाँके सहित देशभर ६ स्थानमा क्षेत्रीय मिडिया डेस्क स्थापना गरेको नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिए ।

 पत्रकार श्रीराम सिग्देल संयोजक र शुक्रऋषि चौलागाई सह संयोजक रहेको मिडिया डेस्क सञ्चालनमा ल्याइसकिएको छ । डेस्कमा ६ जिल्लाका प्रेस यूनियनका जिल्ला अध्यक्ष सदस्य रहेका छन् । प्रेस यूनियन बाँके अध्यक्ष जयनारायण शाह, बर्दिया अध्यक्ष बिनयराज भण्डारी, दाङ अध्यक्ष सुशिल बस्नेत,प्यूठान अध्यक्ष श्रीराम भण्डारी, रुकुम अध्यक्ष कृष्ण प्रसाद गौतम,  रोल्पा अध्यक्ष कविता उपाध्याय रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ