arrow

राजपा नेताले भने– असारको निर्वाचनमा सहभागि हुँदैनौँ, असोजको पनि ‘देखाजाएगा’

logo
प्रकाशित २०७४ असार १ बिहिबार
Hridayesh-Tripathi-news.jpeg

काठमाडौं । सरकारले प्रदेश नम्बर २ को चुनाव आगामी असोज २ गते सारे पनि आन्दोलनरत राजपाले असार १४ को निर्वाचनमा सहभागि नहुने बताएको छ ।  

विहिबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर २ को चुनाव असोज २ मा गर्ने निर्णय गरेको छ । राजपालाई चुनावमा सहभागि गराउने भन्दै असार १४ गतेको मनोनयन दर्ताको समय पनि दुई दिन सारेको छ ।

यद्यपि, राजपा चुनावमा सहभागि हुने कुनै लक्षण देखिएको छैन । राजपाका नेता हृदयेश त्रिपाठीले हाम्राकुरासँग भने, ‘असार १४ गतेको निर्वाचनमा राजपा सहभागि हुँदैन ।’ पाँच नम्ब प्रदेशमा सहभागिता जनाउने भन्ने कुरा के हो ? जवाफमा उनले भने, ‘सहभागि हुने भए त हामी सबै ठाउँमा भइहाल्छौँ नि । किन पाँच नम्बर मात्रै । हामी असार १४ को निर्वाचनमा सहभागि हुने कुनै सम्भावना छैन ।’ असोज २ गतेको निर्वाचनमा समेत सहभागि हुने कुनै ग्यारेन्टी नभएको नेता त्रिपाठीले बताएका छन् । उनले भने, ‘असार १४ गतेको निर्वाचनमा सहभागि हुँदैनौँ । असोजमा हुने भनेको निर्वाचन पछिको कुरा हो देखा जाएगा ।’

राजपाको अध्यक्ष मण्डलका नेता महिन्द्र राय यादवले शुक्रबार काठमाडौं बाहिर रहेका नेताहरु काठमाडौं आउने र आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । नेता यादवले आफुहरु सरकारको निर्णयले खुसी हुनुपर्ने कुनै कारण नरहेको समेत बताएका छन् । उनले भने, ‘हामी यसबाट खुसी हुनु पर्ने कुनै कारण नै छैन । हाम्रा माग सम्बोधन भएको हो र ? चुनावको मिति सारेको हो सरकारले ।’

अहिले अध्यक्ष मण्डलका तीन सदस्य काठमाडौं बाहिर छन् । राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव तराई पुगेका छन् । त्रिपाठी समेत शुक्रबार बाहिर जाँदै छन् । सत्ताधारी दल र राजपाबीच विहिबार दिउँसो भएको सहमति र निर्वाचन सार्नु शंकास्पद रहेको टिप्पणी भइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ