arrow

एसईईको परीक्षाफल प्रकाशित, ए प्लस ल्याउने  विद्यार्थी १२ हजार 

logo
प्रकाशित २०७४ असार २ शुक्रबार
exam-board.jpg

काठमाडौं । माध्यमिक तहको परीक्षा एसईईको परीक्षाफल सार्वजनिक भएको छ । शुक्रबार विहान ८ बजे राष्ट्यि परीक्षा बोर्डको बैठक बसी परीक्षा फल सार्वजनिक गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । 

कूल ४ लाख ४५ हजार ५ सय ६४ परीक्षार्थी संलग्न भएको परीक्षामा ए प्लस ग्रेड अर्थात् ३.६५ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या १२ हजार दुई सय ८४ जना रहेको बोर्डले जनाएको छ । कूल परीक्षार्थी मध्य २ सय १९ जनाको परीक्षा रद्ध गरिएको छ । परीक्षामा सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् ।


यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४२ हजार ४ सय २७, २.८ देखि ३.२ जीपीसम्म ल्याउने ५० हजार ६ सय ४६, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ६१ हजार ९ सय ५५ , २ देखि २.४ जीपीएसम्म ल्याउने ९१ हजार ३ सय १४ र १.६ देखि २.४ जीपीएसम्म ल्याउने १ लाख ८ हजार ४ सय ६४ विद्यार्थी छन् । १.२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५ सय ७५ जना विद्यार्थी रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ११ हजार २ सय ८५ रहेका छन् । 

नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । 

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ