arrow

मुलकको विकास तथा समृद्धि गर्न काँग्रेस नेतृत्वको आवश्यकताः डा महत

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ असार ३ शनिबार
ramsharan_mahat_2.jpg

पाँचथर । नेपाली काँग्रेसका नेता डा रामशरण महतले गरिब विपन्न जनताको जीवनस्तर उकास्न र मुलकको विकास तथा समृद्धि गर्न स्थानीय तहमा पनि काँग्रेस नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।

पाँचथर र इलामको सिमानास्थित राँके बजारमा शनिबार नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभामा महतले काँग्रेसका उम्मेदवारले मात्रै मुलुकको विकास र समृद्धि गर्न सक्ने भएकाले आसन्न स्थानीय तहको निर्वाचनमा पाटीका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह गरे।

नेता डा महतले राँके–रवि हुँदै भेडेटार जोड्ने सडकको कालोपत्रेका लागि आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गरेको बताउँदै अब यस सडकको निर्माण कार्य चाँडै थालिने र समयमै पूरा हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे, जिल्ला सभापति नरेन्द्रकुमार केरुङ र जिल्ला सचिव वृजहाङ आङदेम्बे लगायतले स्थानीय तहको निर्वाचन, विकास र काँग्रेस नेतृत्वको भूमिकाका बिबिध पक्षमाथि प्रकाश पारे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ