arrow

ठूला दलको निर्वाचन प्रचारमा बालबालिका, आयोगले पठायो सचेतपत्र

logo
प्रकाशित २०७४ असार ३ शनिबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । मुख्य दलहरुले नै निर्वाचनको प्रचारप्रसारको क्रममा बालबालिका प्रयोग गरेको भेटिएपछि निर्वाचन आयोगले त्यस्तो गतिविधि तत्कालै रोक्नको लागि सचेत पत्र पठाएको छ । आयोगले विभिन्न राजनीतिक दल एवं मातहतका संगठनहरू तथा भातृसंगठनबाट राजनीतिक गतिविधिहरूमा बालबालिकाको प्रयोग गरिएको भन्दै नेपाली कांग्रेस, ने.क.पा. एमाले, ने.क.पा. माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी नेपाल, तथा मधेशी जन अधिकार फोरम, नेपाल (लोकतान्त्रिक) लाई पत्र पठाई बालबालिकाको प्रयोग नगर्न नगराउन अनुरोध गरेकोे जनाएको छ । 

आयोगले “राजनीतिक दल, नेपाल सरकार तथा सम्बद्ध सबैको सहयोगबाट आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरी दोश्रो चरणमा प्रवेश गरिसकेको अवस्थामा मूलतः राजनीतिक दलहरू एवं मातहतका संगठनहरू तथा भातृ संगठनहरूबाट विभिन्न राजनीतिक गतिविधिहरूमा बालबालिकाहरूको प्रयोग भएका आचार संहिता उल्लघंनका सूचनाहरू आयोगमा प्राप्त भएकोले  उल्लिखित तथ्यलाई मध्यनजर गर्दै केन्द्रीय कार्यालय र मातहतका जिल्लास्थित राजनीतिक संगठन तथा भातृ संगठनहरूलाई राजनीतिक गतिविधिहरूमा बालबालिकाको प्रयोग नगर्न÷नगराउन लगायतका आचार संहिताको पूर्ण पालना गर्न÷गराउन सचेत गरिएको” जनाएको छ ।

साथै, दलहरूले बालबालिकाको प्रयोग गरेको विषयवस्तु समेतका सम्बन्धमा के कसो भएको हो ? छानबिन गरी आवश्यक कारवाही गर्न र राजनीतिक दलहरूले राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग गरी आचार संहिता विपरीतका क्रियाकलाप हुन नदिने तर्फ आवश्यक पहल कदमी लिन मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुलाई निर्देशन समेत दिईएको आयोगले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ