arrow

दाङमा राप्रपाका उम्मेदवारको निधन

logo
प्रकाशित २०७४ असार ३ शनिबार
RPP-N111.jpg

दाङ । लमही नगरपालिकाको ४ नम्बर वडामा कमल थापा नेतृत्वको राप्रपाबाट वडा सदस्यमा उम्मेदवारी दिन लागेका टीकाराम चौधरीको असामयिक निधन भएको छ ।

आसन्न असार १४ गतेको स्थानीय तह निर्वाचनमा वडा सदस्यको उम्मेदवारी दिन टिकट पाएका चौधरीको शुक्रबार राति मृत्यु भएको हो । प्रचारप्रसार सकेर घर आएका ६४ वर्षीय चौधरीको अकस्मात मृत्युको खबर सुनिएको राप्रपाको क्षेत्र नम्बर १ को कार्यसमितिले जनाएको छ ।

चौधरी चुनावमा निकै सक्रिय रुपमा  लागेका थिए । चौधरीको लमहीस्थित  ठूलो घुम्नामा अन्तिम श्रद्धाञ्जली पछि परम्परागत रुपमा दाहसंस्कार गरिएको राप्रपाका जिल्ला सदस्य शेषमणि घिमिरेले जानकारी दिएका छन् । मनोनयन दर्ता भइनसकेकाले राप्रपाले चौधरीको ठाउँमा अर्को उम्मेदवार तय गर्ने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ