arrow

काँग्रेसको समावेशीता धनगढीको दलित समुदायको मेयर उमेद्वारले पुष्टी गरेको छः लेखक

दोस्रो चरणको चुनाव पछि काँग्रेस समग्रतामा काँग्रेस ठूलो दल हुने रमेश लेखकको दावी 

logo
प्रकाशित २०७४ असार ३ शनिबार
media-center-dhangadhi.jpg

धनगढी। नेपाली काँग्रेसका नेता तथा स्थतानिय तह निर्वाचनका लागि पार्टीबाट गठित प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले दोस्रो चरणको चुनाव पछि समग्रतामा काँग्रेस ठूलो दल हुने दावी गरेका छन्। नेपाल प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता लेखकले पहिलो चरणमा केहि पछाडि परेपनि दोस्रो चरणमा काँग्रेस पहिलो पार्टी बनेर आउने दावी गरेका हुन्। 

पत्रकार सम्मेलनमा वोल्दै नेता लेखकले भने, 'संविधानको स्विकार्यता र स्थानिय तहको चुनाव मार्फत संविधानको कार्यान्वयनमा काँग्रेसले अग्रसरता लिएको छ। यो कार्यभारलाई पुरा गर्नेतर्फ काँग्रेसले बाँकी रहेको स्थानिय तहको चुनाव गराउन लागिपरेको छ। ' उनले भने काँग्रेस जित्दा राष्ट्रिय मुद्धा जित्छ र हार्दा हार्ने भएका कारण पनि मतदाताहरुले काँग्रेसलाई जिताउने विश्वास समेत व्यक्त गरे। 

नेपाली काँग्रेसको प्रदेशस्तरिय क्षेत्रीय मिडिया सेन्टरको शुरुवात गर्न धनगढी आएका लेखकले स्थानिय तहको निर्वाचनमा पार्टीको तर्फका उमेद्वारहरु र पार्टीले लिएका मुद्धाहरुलाई मतदातामाझ स्थापित गराउन  सेन्टरको भुमिका महत्वपूर्ण हुने बताए।

सुदुर पश्चिम र प्रदेश नम्वर ७को एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा काँग्रेसले दलित उमेद्वार नृप बहादुर वडलाई उठाएको बताए। काँग्रेस आफ्नो स्थापनादेखि नै समावेशीताको पक्षमा रहेको प्रमाणकै निरन्तरता वडको उमेद्वारी रहेको लेखकले बताए। त्यसैगरि दोधारा चाँदनीको मेयरमा पनि दलित उमेद्वार वीर बहादुर सुनारलाई काँग्रेसले बनाएको लेखकले बताए। 

विकासको परिचायक पनि काँग्रेस नै रहेको उल्लेख गर्दै लेखकले केहि बर्षमा देशकै गतिशिल प्रदेशको रुपमा प्रदेश नम्वर ७ आउने बताए।  अहिलेसम्म प्रदेश नम्वर सात अर्थात सुदुरपश्चिम विकासको हिसावले पछि परेपनि अब विकासको हिसावले पनि अगाडी आउने लेखकले दावी गरे। महाकालीमा ४ लेनको पुल वन्ने महाकाली करिडोर लगायतका विकासले प्रदेशलाई आर्थिक बृद्धीमा पनि माथि पुर्‍याउने दावी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ