arrow

राजपाका नेता चुनाव विथोल्न पश्चिम तराई हानिए

‘हामीसँग सल्लाह गरेर चुनाव सारिएको होइन’

logo
प्रकाशित २०७४ असार ३ शनिबार
rajapa_photo.jpg

चितवन । राष्ट्रिय जनता पार्टीका नेताले सरकारले २ नम्बर प्रदेशको निर्वाचन सार्दा आफूहरुसँग सल्लाह नै नगरेको बताएका छन् ।

स्थानीय तहको संख्या जनसंख्याको आधारमा पुनरावलोकन नगरेसम्म आफूहरु निर्वाचनमा नजाने राजपा नेताहरुले बताए । नवलपरासीको परासीमा आयोजना हुन लागेको सभालाई सम्बोधन गर्न चितवन पुगेका राजपाका नेताले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

राजपाका नेता राजेन्द्र महतोले आफूहरु र सरकारसँग निर्वाचन सार्ने विषयमा कुनै किसिमको सहमति नभएको भन्दै झापादेखि कञ्चनपुरसम्म एउटै समयमा निर्वाचन गर्नुपर्ने बताए  ।

नेता महतोले सरकारले मधेस विभाजनको खेल खेलेको आरोपसमेत लगाए । संविधानमा देखिएको त्रुटिलाई समाधान नगरेसम्म मधेसमा निर्वाचन हुन नदिने नेता महतोले बताए ।

राजपाको अध्यक्ष मण्डलका संष्योजक महन्थ ठाकुरले निर्वाचन स्थगित गरेर मात्रै समस्या समाधान नहुने भन्दै अहिले दोस्रो चरणको निर्वाचनको वातावरण बनिनसकेको बताए  ।

उनले भने, ‘सरकारले वातावरण बनाउने काम गरोस् । हामी निर्वाचनमा जान तयारछौँ ।’ तर, अहिलेको अवस्थामा होइन । संविधान संशोधन भएपछि मात्रै चुनावमा सहभागि हुने वातावरण बन्ने नेता ठाकुरको भनाई छ ।

राजपाका नेता आइतबारको मनोनयन दर्तालाई प्रभावित पार्ने भन्दै आन्दोलनका लागि पश्चिम तराईतिर हानिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ