arrow

दार्जिलिङमा झडप, दुईको मृत्यु, मुख्यमन्त्रीले दिइन् भीड उत्तेजित बनाउने अभिव्यक्ति

logo
प्रकाशित २०७४ असार ३ शनिबार
DG_news.jpg

काठमाडौं । नेपाली भाषी बहुल दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनमा झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीलाई यिन्त्रण गर्न भन्दै सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ । घटनामा दुई समर्थकको मृत्यु भएको मोर्चाका सचिव विनय तामाङले संचारकर्मीलाई जानकारी दिएका छन् ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले घटनाबारे चासो राखेकी छन् । दार्जिलिङका स्थानीय संचारमाध्यमले मृतकको संख्या ५ पुगेको बताएका छन् । घटनामा थुप्रै पर्दशनकारी र केही सुरक्षाकर्मी घाइते भएका छन् ।

मुख्यमन्त्री ममता बनर्जीले भने कोलकातामा दार्जिलिङका जातीयवादका प्रतिनिधिसँगको छलफलमा गोर्खा जनमुक्ति मोर्चाको आतंकवादी संगठनसँग साठगाँठ रहेको आरोप लगाएकी छन् ।

मन्त्री बजर्जीले परिस्थितिलाई झन् उत्तेजित बनाइरहेको बताइँदै छ ।  उनले भनेकी छन्, ‘उत्तरपूर्वी भारतका आतंकवादी संगठन र छिमेकी देशहरुसँग गोर्खा जनमुक्ति मोर्चाको संलग्नता छ ।’ दार्जिलिङमा जबरजस्ती बंगाली भाषा लाद्न खोजेको भन्दै नेपाली भाषीहरु आन्दोलित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ