arrow

दार्जिलिङमा तीन प्रदर्शनकारी र एक सुरक्षाकर्मीको मृत्यु

आन्दोलन बढ्दै, छुट्टै गोर्खाल्याण्डमा गएर मात्रै टुंगिने अड्कल

logo
प्रकाशित २०७४ असार ३ शनिबार
DG_news1.jpg

काठमाडौं । नेपाली भाषी बहुल दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनमा झडप हुँदा तीन प्रदर्शनकारी र एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

प्रदर्शनकारीलाई यिन्त्रण गर्न भन्दै सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा तीन प्रदर्शनकारीको मृत्यु भएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ । यस्तै, दोहोरो झडपमा एक सुरक्षाकर्मीको समेत मृत्यु भएको छ । शुक्रबारे सुरक्षाकर्मीले गोर्खा जनमुक्ति मोर्चा सचिव विनय तामाङको घरमा छापा मारेर तोडफोड गरेपछि आन्दोलन थप उग्र भएको हो । शनिबार उर्लेर आएका कार्यकर्ता मोर्चाको कार्यालय पुग्दा सुरक्षाकर्मीले लखेट्न खोजेपछि झडप भएको बताइएको छ ।  

सुरक्षाकर्मीले रबरको गोली चलाएको भनेपनि स्थानीय संचारमाध्यमले गोली नै लागेका जनाएका छन् । दार्जिलिङका केही स्थानीय संचारमाध्यमले मृतकको संख्या ५ पुगेको बताएका छन् । यस्तै, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले घटनाबारे चासो राखेकी छन् ।

मुख्यमन्त्री ममता बनर्जीले भने कोलकातामा दार्जिलिङका जातीयवादका प्रतिनिधिसँगको छलफलमा गोर्खा जनमुक्ति मोर्चाको आतंकवादी संगठनसँग साठगाँठ रहेको आरोप लगाएकी छन् । मन्त्री बजर्जीले परिस्थितिलाई झन् उत्तेजित बनाइरहेको बताइँदै छ ।  उनले भनेकी छन्, ‘उत्तरपूर्वी भारतका आतंकवादी संगठन र छिमेकी देशहरुसँग गोर्खा जनमुक्ति मोर्चाको संलग्नता छ ।’ दार्जिलिङमा जबरजस्ती बंगाली भाषा लाद्न खोजेको भन्दै नेपाली भाषीहरु आन्दोलित भएका छन् ।

दार्जिलिङको आन्दोलन अन्तिममा छुट्टै गोर्खाल्याण्ड घोषणाको संघर्षमा परिणत हुने बताइँदै छ । स्थानीय संचारमाध्यमले भनेका छन्, ‘सबै फेडरल पार्टी र संगठनहरुको जमघट एवं छलफल बढेको छ । आन्दोलनले फरक मोड लिने देखिन्छ । अन्ततः यो आन्दोलन छुट्टै गोर्खाल्याण्डको घोषणातिर पुग्ने देखिएको छ ।’ गोर्खाल्याण्डमा पुगेर मात्रै आन्दोलन टुंगिने आँकलन गरिँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ