- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गतको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।
प्रदेश नं १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा उम्मेदवारको मनोनयन दर्ता आइतबार बिहान ८ बजेदेखि सुरु भएको हो । मनोनयन दर्ता अपरान्ह ४ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।
तीन तहका ३५ जिल्लामा उम्मेदवारी मनोनयन सुरु भएको हो । तराईका जिल्लामा राष्ट्रिय जनता पार्टी नेपाल राजपाले अवरोध गर्न सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
यसअघि बैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ को निर्वाचन भएको थियो । प्रदेश नं ३ को भरतपुर महानगरपालिकाबाहेक अन्य सबै तहको मत परिणाम पनि सार्वजनिक भइसकेको छ ।
त्यस्तै प्रदेश नं २ को निर्वाचन भने असोज २ गते हुनेछ । दोस्रो चरणको मतदान असार १४ गते हुनेछ ।
निर्वाचन आयोगका अनुसार १४ गते प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुन लागेको हो ।
दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुँदै छ ।
निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता छन् भने १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगका अनुसार ४ हजार ५ सय ८१ मतदानस्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएका छन् ।
चुनौती दिंदै राजपाः
राजपाले सरकारको रवैयालाई चुनौती दिंदै दोस्रो चरणको निर्वाचनमा पनि भाग नलिने जनाएको छ ।
चुनावलाई विफल बनाउन आइतबार राजपाले तराईका जिल्लामा बन्द आब्हान गरेको छ । बन्दको असर केही स्थानमा देखिएको छ ।